खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
वाशिङ्टन – संयुक्त राज्य अमेरिकाको एक अदालतले शरीरलाई घातक मानिएको ट्यालकम पाउडर बिक्री गरेको आरोपमा औषधि उत्पादक जोन्सन एन्ड जोन्सन कम्पनीविरुद्ध दुई अर्ब १० करोड डलर जरिबाना भुक्तानी गर्न आदेश दिएको छ ।
यद्यपि मिजौरी पुनरावेदन अदालतले जरिबानाको अङ्कलाई आधा घटाएर फैसला सुनाएको थियो । प्रारम्भिक मुद्दामा झण्डै चार अर्ब ४० करोड जरिबाना मागदाबी गरिएको थियो । अदालतको आदेशमा जोन्सनले जानाजान क्यान्सर रोग लगाउन सक्ने तत्व अस्वेस्टोस मिश्रित ट्यालकम पाउडर उपभोक्तालाई बिक्री गरेको उल्लेख छ ।
अदालतको आदेशमा ट्यालकम पाउडरको प्रयोगबाट शरीरमा क्यान्सर लागेको भन्दै जोन्सनविरुद्ध मुद्दा दायर गरिएको प्रसङ्ग राख्दै अदालतले आदेशमा मानिसको स्वास्थ्यसँग पैसा वा जरिबानालाई दाँज्न नसकिने जनाएको छ ।
सन् २०१९ मा पनि क्यालिफोर्नियाको अदालतले एक बालिकालाई जोन्सनको टेलकम पाउडरकाे कारण क्यान्सर भएको भन्दै १० औँ लाख अमेरिकी डलर जरिबाना तिराएको थियो । गएकाे महिना जोन्सनले अमेरिका र क्यानडामा टाल्क मिश्रित बच्चाकाे लागि पाउडर उत्पादन नगरिने घोषणा गरेको थियो तर कम्पनीले विश्वका अरु देशमा भने यसको बिक्री यथावत् राख्ने जनाएको छ ।
तर जोन्सन एन्ड जोन्सनकी एक प्रवक्ताले मिजौरी अदालतको आदेशविरुद्ध मिजौरीको सर्वोच्च अदालतमा मुद्दा दायर गरिने बताएकी छिन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।