१०४ दिनपछि खुल्याे आइफेल टावर

 असार ११, २०७७ बिहिबार १५:५८:४४ | रासस
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरस महामारीकाे कारण गएकाे मार्चदेखि बन्द रहेको आइफेल टावर एक सय चार दिनपछि पहिलो पटक बिहीबारदेखि फेरि खोलिएको छ । 

विश्वभरका पर्यटकका लागि आश्चर्य र प्रमुख आकर्षणकाे रुपमा रहेको आइफेल टावर अझै केही समय पर्यटकका लागि खुला नगरिने जनाइएको छ ।

बिहीबार पत्रकार र फ्रान्सेली अधिकारीहरुसहित झण्डै ५० जनाले सिँढीबाट आइफेल टावरको दोस्रो तलासम्म चढ्ने कार्यक्रम छ । सामाजिक दुरीकाे नियम पालना गर्नुपर्ने भएका कारण टावरको लिफ्ट भने बन्द गरिने छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया