बैतडी : क्वरेण्टीनमा खाना पकाउने व्यक्तिकाे मृत्यु

 असार १३, २०७७ शनिबार १६:०:५१ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – बैतडीमा क्वरेण्टीनमा खाना पकाउने व्यक्तिकाे मृत्यु भएको छ । दशरथचन्द नगरपालिका ६ का  ५३ वर्षीय पुरुषको शनिबार मृत्यु भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

उहाँ दशरथचन्द नगरपालिका ४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वरेण्टीनमा बसेकाहरुलाई दुई महिनादेखि खाना पकाउँदै आउनुभएकाे थियाे । शनिबार घर गएकाे बेला बिहान ११ बजे बिरामी भएपछि उहाँलाई उपचारकाे लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

क्वरेण्टीनमा खाना पकाउने व्यक्तिको मृत्यु भएकोले मृतकको कोरोना परीक्षण गरिने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिनुभयो । मृतकको स्वाब सङ्कलन गरी पीसीआर परीक्षणको लागि धनगढी पठाइने डा. जोशीले  बताउनुभयो ।

दशरथचन्द नगरपालिकामा ३० जना कोरोना सङ्क्रमित रहेका छन् भने बैतडी जिल्लाभरि अहिलेसम्म दुई सय ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।    

अन्तिम अपडेट: बैशाख ४, २०८१

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया