स्वदेश फिर्ती : आज १३ सय १० नेपाली स्वदेश फर्किए, कहाँबाट कति ?

 असार १३, २०७७ शनिबार १७:४२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज विभिन्न देशबाट ८ उडानमार्फत १३ सय १० नेपाली स्वदेश फर्किएका छन् ।

कतारको दोहाबाट कतार एअरवेजको चार्टर्ड उडानमार्फत पाँच बच्चासहित ३८४ जना, हङ्कङबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत १ बच्चासहित ८१ जना, यूएईको दुबईबाट १४६ जना, साउदीको दमामबाट हिमालय एअरमार्फत १५४ जना, साउदीकै रियादबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत २५४ जना र कुवेतको जजिरामार्फत ८१ जना नेपाली स्वदेश आइपुगेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । साउदीको रियादबाट १५ नेपालीको शव पनि ल्याइएको छ ।

यस्तै अस्ट्रेलिया मेलवर्नबाट दुई बच्चासहित २१० जना स्वदेश फर्किएका त्रिभुवन विमानस्थलले जनाएको छ । आज विमानस्थलमा नेपाली ल्याउन र लिन जान गरी ९ वटा अन्तर्राष्ट्रिय उडान भएको छ भने आन्तरिकतर्फ ६ उडान भएको छ ।

भोलि पनि विभिन्न देशमा नेपाली लिन जाने उडान तालिका रहेको छ । भोलि नेपाल एअरलाइन्सको जहाज नेपाली लिन कतारको दोहा र मलेसियाको क्लालाम्पुर जानेछ भने हिमालय एअरलाइन्सको जहाज पनि मलेसियाको क्वालालाम्पुर जानेछ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया