'अमेरिका काेराेनाकाे गम्भीर समस्यामा छ'

 असार १३, २०७७ शनिबार १९:२:५१ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकाको १६ राज्यमा कोभिड–१९ सङ्क्रमणको दरमा वृद्धि भएपछि अमेरिकी सङ्क्रामक रोग प्रमुख डाक्टर एन्थनी फाउचीले देश एक ‘गम्भीर समस्या’ मा रहेको बताए ।  

ह्वाइट हाउसमा पत्रकार सम्मेलन गर्दै डाक्टर फाउचीले भने, ‘हामी सबै मिलेर यसलाई समाप्त गर्न सक्छौँ, त्यसैले हामी सबै मिलेर कोरोनाविरुद्ध लड्नुपर्छ ।’ डाक्टर फाउचीले सङ्क्रमणको दर घटाउन धेरै कुरा गर्न सकिने बताए । 

अमेरिकामा शुक्रबार एकैदिन ४० हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण देखिएको थियो । 

जोन्स हप्किन्स विश्वविद्यालयले शुक्रबार सङ्क्रमतिको सङ्ख्या ४० हजार एक सय ७३ बताएको थियो, यो सङ्ख्या एकैदिन सङ्क्रमित हुनेमध्ये अहिलेसम्मकै धेरै हो । 

अमेरिकामा अहिलेसम्म २४ लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक लाख २७ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । 

शुक्रबार भएको ह्वाइट हाउस टास्क फोर्सको पत्रकार सम्मेलनमा एसम्प्टोम्याटिक (स्पर्शाेन्मुख) हुनेबित्तिकै कोरोना भाइरसको परीक्षण गराउन युवासँग अपिल गरिएको थियो । 

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले दक्षिणी र पश्चिमी प्रान्तमा बढ्दो सङ्क्रमण र अस्पतालमा बिरामी भर्ती हुने दर बढेसँगै राष्ट्रपतिले अमेरिकी नागरिकलाई सम्बन्धित गर्ने बताएको जानकारी दिए । 

टेक्साा, फ्लोरिडा र एरिजोनामा सङ्क्रमणको दर बढेसँगै लकडाउनमा दिइएको छुटमा प्रतिबन्ध लगाइएको छ । 

प्रत्येक दिन कोरोना सङ्क्रमणको दर बढिरहेको सन्दर्भमा परीक्षणलाई पनि जिम्मेवार बताइएको छ किनकि केही इलाकामा सकारात्मक परीक्षणको सङ्ख्या बढिरहेको छ । 

स्वास्थ्य विशेषज्ञका अनुसार अमेरिकामा वास्तविक सङ्क्रमितको सङ्ख्या १० गुणा बढी भएको हुनसक्छ । 

डाक्टर फाउचीले पछिल्लो समय सङ्क्रमणको दर बढ्नुको पछाडि सबै क्षेत्रमा प्रतिबन्ध खुकुलो बनाउनु भएको बताए । 

उनले सबै क्षेत्र सही समयमा खोलिनुपर्ने बताए । तर वास्तवमा क्रमबद्ध तरिकाको पालना नगरिएको र नागरिकले पनि निर्देशनको पालना नगरेको बताए । उनले भने, ‘मानिसहरु एकले अर्कालाई सङ्क्रमित बनाइरहेका छन् र अन्त्यमा ती व्यक्तिलाई सङ्क्रमित गर्छन्, जो वास्तवमै कमजोर छ ।’

‘तपाईँहरुको व्यक्तिगत जिम्म्वारीसँगै सामाजिक जिम्मेवारी पनि हुन्छ । यो महामारीलाई रोक्न हामी पनि यही प्रक्रियाको हिस्सा भएको महसुस गर्नुपर्छ’, फाउचीले भने ।  

फाउचीले कोरोनाको यो प्रसारलाई रोक्न नसके अहिले प्रभावित नभएका ठाउँ पनि चपेटामा पर्ने बताए ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया