विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड नाघ्यो

 असार १४, २०७७ आइतबार ६:३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड नाघेको छ । 

अहिलेसम्म एक करोड ७३ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको वल्डोमिटरले जनाएको छ । यस्तै ज्यान गुमाउनेको सङ्ख्या ५ लाख नाघेको छ ।

अहिलेसम्म ५ लाख ६ सयभन्दा बढीको ज्यान गएको हो । एक करोडभन्दा बढी सङ्क्रमितमध्ये ५४ लाख ५१ हजारभन्दा बढी उपचारपछि निको भएका छन् । 

अमेरिकामा २५ लाख ९५ हजारभन्दा बढी सङ्क्रमितमध्ये एक लाख २८ हजारभन्दा बढीको ज्यान गएको छ । अमेरिकामा १ लाख ७७ हजारभन्दा बढी निको भएका छन् । 

ब्राजिलमा १३ लाख १५ हजारभन्दा बढी सङ्क्रमितमध्ये ५७ हजारभन्दा बढीको ज्यान गएको छ । ६ लाख २७ हजारभन्दा बढी सङ्क्रमित रहेको रुसमा ८ हजारभन्दा धेरैको ज्यान गएको छ । 

चौथो स्थानमा रहेको भारतमा ५ लाख २९ हजारभन्दा बढी सङ्क्रमितमा १६ हजारभन्दा बढीको ज्यान गएको छ । भारतमा ३ लाख १० हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।


 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया