धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
धनुषा - महोत्तरी क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा.सुरेन्द्र यादव संघीय सरकारको स्वास्थ्यराज्य मन्त्रीमा नियुक्त हुनुभएको छ । उहाँ संघीय समाजवादी फोरम नेपालको सिफारिसमा स्वास्थ्य राज्यमन्त्री बन्नु भएको हो ।
सांसद यादव आजै बेलुका स्वास्थ्य राज्यमन्त्रीको पद तथा गोपनियताको सपथ लिने कार्यक्रम रहेको जनाइएको छ ।
२०७२ मा चलेको लामो मधेश आन्दोलनमा जनकपुरमा खाद्यान्न संकलन तथा वितरण अभियान चलाई धनुषा, महोत्तरी, सिरहा र सर्लाहीमा हजाराैं गरिब एवं विपन्न परिवारलाई राहत वितरण गर्नुभएको थियो ।
साथै उहाँले प्रगतिशील मधेशी समाज गठन गरी आन्दोलनमा सक्रिय हुनुको साथै आधा दर्जनभन्दा बढी गम्भीर घाइतेलाई निःशुल्क उपचार समेत गर्नुभएको थियो ।
आन्दोलन पश्चात नयाँशक्ति नेपालमा प्रवेश गर्नुभएको डा.यादव चुनावको केहिदिन अघि संघीय समाजवादी फोमरममा प्रवेश गर्नुभएको थियो ।
उहाँ चुनावमा आफ्ना प्रतिद्धन्दी नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र यादवलार्इ ५ हजारभ बढी मतान्तरले पराजित गर्दै निर्वाचित हुनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।