'अल शबाब' का कमाण्डर मारिए : अन्तर्राष्ट्रिय सञ्चारमाध्यम

 असार १४, २०७७ आइतबार १३:४६:३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – सोमालियाको सुरक्षा समूहले मुस्लिम अतिवादी समूह ‘अब शबाब’ का कमाण्डरलाई मारेको सोमालियाको सरकारी रेडियोले बताएको छ । 

नेपालबाट गएका अशरफ अजमी अबु हमदान इस्लामिक समूहका वरिष्ठ प्रशिक्षक भएको बताइएको छ । 

दक्षिणी सोमालियाको मध्य जुबा क्षेत्रमा कारबाहीको क्रममा हमदान मारिएको सोमालियाको राष्ट्रिय रेडियोले जनाएको छ । त्यो कारबाहीमा अन्य तीन लडाकु पनि मारिएको बताइएको छ । 
यो समाचार अमेरिकाको द न्युयोर्क टाइम्सको अनलाइन संस्करण र राेयटर्सले पनि छापेका छन् । 

अब शबाब सन् २००८ देखि सोमालियामा इस्लामको शरिया कानुनमा व्याख्या भए अनुसारको शासन व्यवस्था स्थापित गर्न लड्दै आइरहेको छ ।  

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया