बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ – भारतमा एकैदिन झण्डै २० हजार जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार नौ सय ६ जना कोरोनाका नयाँ बिरामी थपिएका हुन् ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार एकैदिनमा सङक्रमित हुनेको यो सङ्ख्या अहिलेसम्मकै धेरै हो ।
साथै पछिल्लो २४ घण्टामा कोभिड–१९ सङ्क्रमणको कारण चार सय १० जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । योसँगै भारतमा कोरानाको कारण मृत्यु हुनेको सङ्ख्या १६ हजार ९५ पुगेको छ ।
भारतमा अहिलेसम्म पाँच लाख २८ हजार आठ सय ५९ जनामा सङ्क्रमण देखिएको छ । तीन लाख नौ हजारभन्दा धेरै कोरोनामुक्त भएर घर फर्किएको र सक्रिय सङ्क्रमितको सङ्ख्या दुई लाख तीन हजारभन्दा धेरै छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड–१९ सङ्क्रमणलाई जितेर स्वस्थ हुने दर ५८ दशमलव १३ प्रतिशतको स्तरमा पुगेको छ ।
कोरोनाबाट भारतको महाराष्ट्र, तमिलनाडु, दिल्ली, तेलङ्गाना, गुजरात, उत्तर प्रदेश, आन्ध प्रदेश र पश्चिम बङ्गाल राज्य सबैभन्दा धेरै प्रभावित भएका छन् । यी राज्यले कुल सक्रिय सङ्क्रमितको ८५ दशमलव ५ प्रतिशत र कुल मृतकको ८७ प्रतिशत हिस्सा ओगटेको छ ।
यसैबीच केन्द्र सरकारले कोभिड–१९ रोकथाम र प्रबन्धनको लागि राष्ट्रिय राजधानी क्षेत्र दिल्लीलाई सहयोग गरेको छ । दिल्लीमा एक हजार शय्याको नयाँ अस्पताल चाँडै नै सुरु गरिने बताइएको छ ।
कोरोनाको प्रकोप बढ्दै गएपछि दिल्लीमा कोभिड–१९ कन्टेनमेन्ट जोनको सङ्ख्या दुई सय ८० बाट बढेर चार सय १७ पुगेको छ ।
दिल्लीको कन्टेनमेन्ट जोनमा रहने ४५ हजारसहित अन्य झण्डै दुई लाख नागरिक कोभिड–१९ जाँचको लागि गइसकेको बताइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।