'काेराेना महामारी र अमेरिकी प्रतिबन्धकाे कारण इरानले कठिन वर्षकाे सामना गरिरहेकाे छ'

 असार १४, २०७७ आइतबार १८:११:२९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – इरानका राष्ट्रपति हसन रुहानीले कोरोना भाइरस र अमेरिकी प्रतिबन्धको कारण सबैभन्दा कठिन वर्षको सामना गरिरहेको बताएका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान परमाणु सम्झौता फिर्ता लिएको र फेरि प्रतिबन्ध लागू गरेपछि कोरोना भाइरसको बढ्दो प्रकोपको कारण इरानको अर्थिक समस्या झन् बढेको हो । 
गएको सोमबार इरानको मुद्रा रियाल अमेरिकी डलरको तुलनामा अहिलेसम्मकै न्यून भएको थियो । 

‘सन् २०१८ मा सुरु भएको आर्थिक दबाब बढेको छ र आज यो हाम्रो देशको लागि सबैभन्दा मुश्किल दबाब हो’, एक टेलिभिजनमा दिएको भाषणमा रुहानीले भने । 

महामारीको सङ्क्रमण रोक्न लागू गरिएको प्रतिबन्धमा छुट दिएपछि इरानमा कोरोना भाइरसको सङ्क्रमण र मृत्युमा वृद्धि देखिएको छ । इरानमा कोरोना सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या पछिल्लो दुई महिनामा पहिलो पटक सयभन्दा धेरै छ । 

इरानमा कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या पछिल्लो दुई महिनामा पहिलो पटक सयभन्दा धेरै भएको छ । 

राष्ट्रपति रुहानीले आउँदो आइतबारदेखि भिडभाड हुने ठाउँमा दुई हप्तासम्म अनिवार्य रुपमा मास्क लगाउनुपर्ने बताएका छन् । कोरोना सङ्क्रमण रोकथामको लागि यी स्वास्थ्य निर्देशन पालना नगरे फेरि प्रतिबन्ध लागू गरिने वरिष्ठ अधिकारीहरुले बताएका छन् । 

इरानमा अहिलेसम्म दुई लाख २० हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ भने १० हजारभन्दा धेरैको ज्यान गएको छ । विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड नाघेको छ भने ज्यान गुमाउनेको सङ्ख्या पाँच लाख पुगेको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया