विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड दुई लाख नाघ्यो

 असार १५, २०७७ सोमबार ६:४५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड दुई लाख नाघेको छ  । 

 वल्डोमिटरले जनाएअनुसार सङ्क्रमितमध्ये ५ लाख बढीको ज्यान गएको छ । अहिलेसम्म ५ लाख ४ हजारभन्दा बढीको ज्यान गएको हो । 

यस्तै सङ्क्रमितमध्ये ५५ लाख ४७ हजारभन्दा बढी उपचारपछि निको भएका छन् । 

अमेरिकामा २६ लाख ३७ हजारभन्दा बढी सङ्क्रमितमध्ये एक लाख २८ हजारभन्दा बढीको ज्यान गएको छ । अमेरिकामा १ लाख ९३ हजारभन्दा बढी निको भएका छन् । 

ब्राजिलमा १३ लाख ४५ हजारभन्दा बढी सङ्क्रमितमध्ये ५७ हजारभन्दा बढीको जनाको ज्यान गएको छ । यस्तै ६ लाख ३४ हजारभन्दा बढी सङ्क्रमित रहेको रुसमा ९ हजारभन्दा धेरैको ज्यान गएको छ । 

चौथो स्थानमा रहेको भारतमा ५ लाख ४९ हजारभन्दा बढी सङ्क्रमितमा १६ हजार ४८७ जनाको ज्यान गएको छ । भारतमा ३ लाख २१ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।

अन्तिम अपडेट: असार १५, २०७७

तपाईको प्रतिक्रिया