सुन आइतबारकै मूल्यमा कारोबार

 असार १५, २०७७ सोमबार ११:२८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज सुनचाँदी हिजोकै भाउमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुन तोलाको ९१ हजार तीन सय रुपैयाँमा कारोबार भैरहेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।

यसअघि शुक्रबार सुन तोलाको ९१ हजार एक सय रुपैयाँ कायम भएको थियो । कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अस्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी पनि हिजोजस्तै तोलाको नौ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया