अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ – पाकिस्तानको कराची शहरमा रहेको पाकिस्तान स्टक एकसचेन्जको भवनमा बन्दुकधारीले गोली प्रहार गरेका छन् । आक्रमणमा आक्रमणकारीसहित कम्तीमा सात जनाको ज्यान गएको बीबीसीले जनाएको छ । आक्रमणमा अन्य केही घाइते भएका छन् ।
यो आक्रमण स्थानीय समय अनुसार सात बजेतिर भएको सञ्चारमाध्मयले बताएका छन् । आक्रमणकारीहरु मूल ढोकामा ग्रिनेड विस्फोट गराएर भवनमा छिरेको बताइएको छ ।
आक्रमणमा संलग्न चार जनाको ज्यान गएको प्रहरीलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सिन्ध प्रान्तका गभर्नर इमरान इस्मइलले ट्वीट गर्दै यो आक्रमणको निन्दा गरेका छन् । बलोच लिबरेशन आर्मीले घटनाको जिम्मेवारी लिएको छ ।
कराचीको स्टक एक्सचेन्ज पाकिस्तानको सबैभन्दा ठूलो शेयर बजार हो र यो कराचीको सबैभन्दा व्यस्त राजमार्गको एक भागमा रहेको छ ।
स्टक एक्सचेन्ज भवनमा हरेक दिन सयौँ मानिस कारोबार र रोजगारीको सिलसिलामा आउने गर्छन् । भवनबाट कति जनालाई बचाएर बाहिर ल्याइएको छ भन्नेबारेमा खुलिसकेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।