'विश्वव्यापी महामारीकाे रुप लिन सक्ने' नयाँ भाइरस फेला पर्‍याे

 असार १६, २०७७ मंगलबार १४:२१:४५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चीनमा वैज्ञानिकहरुले महामारीको रुप लिन सक्ने नयाँ भाइरसको पहिचान गरेका छन् । अहिलेसम्मको जानकारी अनुसार यो भाइरस सुँगुरमा हुन्छ तर यसले मानिसलाई पनि सङ्क्रमित गर्न सक्छ । 

यो फ्लु भाइरसले आफ्नो स्वरुप बदल्न सक्ने, एक व्यक्तिबाट अर्काे व्यक्तिमा सहजै सर्न सक्ने र महामारीको रुप लिन सक्ने भन्दै अनुसन्धानकर्ताहरु चिन्तित बनेका छन् । 

मानिसमा सङ्क्रमण सर्न सक्ने सबै लक्षण यो भाइरसमा रहेको उनीहरुले बताएका छन् । यही कारण यो भाइरसप्रति सजग हुनुपर्नेमा उनीहरुले जोड दिएका छन् । 

यो नयाँ भाइरस भएकोले यसप्रति मानिसको रोग प्रतिरोधक क्षमता नहुने र अत्यन्तै कम मात्रामा हुने बताइएको छ ।

अहिले विश्व नै कोरोना महामारी समाप्त गर्ने अभियानमा लागिरहँदा शीर्ष रोज विशेषज्ञ इन्फ्लुएन्जाको नयाँ र खतरनाक फ्लु भाइरसलाई लिएर सचेत भएका छन् । 

सन् २००९ मा फैलिएको स्वाइन फ्लु महामारी मानिसहरुले सोचेकोजस्तो त्यति खतरनाक थिएन, किनकि त्यो भाइरस त्यसअघि आएका भाइरसजस्तै थिए । यही कारण मानिसहरुले त्यो भाइरससँग सङ्घर्ष गर्न क्षमता राखेका थिए ।

त्यो भाइरसको नाम A/H1N1pdm09 थियो र यसको खोप वार्षिक रुपमा दिइँदै आइएको छ । 

चीनमा अहिले जुन भाइरसको पहिचान गरिएको छ, त्यो सन् २००९ को स्वाइन फ्लुजस्तै छ तर केही नयाँ परिवर्तित रुपमा देखिएको छ । 

अहिलेसम्म यो भाइरसबाट कुनै खतरा उत्पन्न नभएको तर प्रोफेसर किन–चाओ चेङ्ग र उनका साथी यो भाइरसलाई नजरअन्दाज गर्न नसकिने बताउँछन् । 

G4 EA H1N1 नामको यो भाइरस मानिसको श्वासनलीमा फस्टाउने आफ्नो सङ्ख्या बढाउन सक्ने वैज्ञानिकहरु मान्छन् ।   

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया