मेलबर्नमा फेरि लकडाउन घाेषणा

 असार १७, २०७७ बुधबार १४:१४:१५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरसबाट सङ्क्रमित हुने दर रोक्नको लागि अस्ट्रेलियाले दोस्रो सबैभन्दा ठूलो शहर मेलबर्नमा एक पटक फेरि लकडाउन लागू गर्ने घोषणा गरेको छ । 

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार बुधबार रातिदेखि यो लकडाउन लागू हुनेछ । 

अस्ट्रेलियाको अन्य ठूला शहर र देशको अन्य बाँकी हिस्सामा नाटकीय ढङ्गले अधिकांश प्रतिबन्ध हटाइएको समयमा मेलबर्नमा भने लकडाउन लागू गर्ने घोषणा गरिएको हो । 

स्थानीय सञ्चारमाध्यमको प्रतिवेदन अनुसार मेलबर्नमा रहने झण्डै तीन लाख २० हजार नागरिकलाई अति आवश्यक पर्दामात्र घरबाहिर निस्कन भनिएको छ ।

आउँदो चार हप्ताको लागि यो लकडाउन लागू हुने बीबीसीले उल्लेश गरेको छ । यस अवधिमा विद्यालय र कार्यालय आउजाउ गर्न, दैनिक उपभोग्य वस्तु खरिद गर्न र स्वास्थ्यकर्मीहरुलाई आवत जावत गर्न प्रतिबन्ध हुने छैन । यद्यपि सबैलाई सामाजिक दुरीको पालना गर्न आग्रह गरिएको छ ।

मेलबर्न जाने सबै उडान रद्द गरिएको छ । साथै शहरका अनावश्यक घुमेर हिँड्नेलाई जरिबाना तिराउने प्रबन्ध पनि गरिएको सञ्चारमाध्यमले जनाएका छन् । 

सरकारी तथ्याङ्कका अनुसार अस्ट्रेलियामा अहिलेसम्म सात हजार नौ सय जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा १९ जनाको ज्यान गएको छ ।     

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया