स्पेन र पोर्चुगलले एकअर्काको लागि सीमा खुला गरे

 असार १७, २०७७ बुधबार १८:१:२८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – स्पेन र पोर्चुगलले झण्डै तीन महिनापछि एकअर्काका लागि आफ्नो साझा अन्तर्राष्ट्रिय सीमा खुला गरेका छन् । 

बुधबार दुवै देशका प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय सीमा खुला गर्नेबारे आधिकारिक घोषणा गर्दै भनेका छन्, ‘दुवै देशका यात्रीहरुको लागि सीमा खोलिँदै छ ।’

युरोपेली सङ्घले सदस्य देशहरुको लागि यात्रासँग सम्बन्धित प्रतिबन्ध गएको हप्ता हटाएको थियो । 

चीनको वुहान शहरपछि इरान र इटली हुँदै युरोपमा फैलिएको कोरोना सङ्क्रमणको कारण सबै युरोपेली देशले आफ्नो सीमा बन्द गरेका थिए । 

स्पेनमा अहिलेसम्म दुई लाख ९६ हजार तीन सयभन्दा धेरैमा कोरोना पुष्टि भएको छ भने २८ हजार तीन सयभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै पोर्चुगलमा ४२ हजार एक सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा एक हजार पाँच सय ७६ जनाको ज्यान गएको छ । 

विश्वभर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या एक करोड ६ लाख १२ हजारभन्दा धेरै पुगेकोमा पाँच लाख १४ हजार ६ सयभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै विश्वभर कोरोनामुक्त हुनेको सङ्ख्या ५८ लाख २१ हजार एक सय नाघेको छ ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया