लद्दाख पुगे भारतीय प्रधानमन्त्री मोदी

 असार १९, २०७७ शुक्रबार १३:५६:३६ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार लद्दाखको लेह पुगेका छन् । प्रधानमन्त्री मोदीसँगै चीफ अफ डिफेन्स स्टाफ (सीडीएफ) जनरल बिपिन रावत र अन्य वरिष्ठ अधिकारी पनि लेह पुगेका हुन् ।  

भारत–चीन सीमा क्षेत्रमा भएको झडपपछिको अवस्थाबारे बुझ्न र समीक्षा गर्न प्रधानमन्त्री लेह पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गएको १५ जुनमा चिनियाँ सेनासँगको सङ्घर्षको क्रममा २० जना भारतीय सैनिकको ज्यान गएको थियो । 

प्रधानमन्त्री मोदी निमु पुगेको र भारतीय सेनाका जवान, एअर फोर्स र आईटीबीपीका सुरक्षाकर्मीसँग कुरा गर्नुभएको भारतीय सञ्चारमाध्मयले जनाएका छन् । 

रक्षा मन्त्री राजनाथ सिंह पनि लद्दाख जाने बताइए पनि उनको भ्रमण बिहीबार स्थगित भएको थियो । सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको मनोबल बढाउन मोदी लेह पुगेका सञ्चारमाध्मयले बताएका छन् । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया