बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाे – पाकिस्तानका विदेश मन्त्री महमूद कुरैशीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । विदेश मन्त्री कुरैशीले ट्वीट गरेर आफूमा सङ्क्रमण देखिएको जानकारी दिनुभएको हो । सङ्क्रमण पुष्टि भएलगत्तै आफू घरमै क्वरेण्टीनमा बसेको र स्वास्थ्य सामान्य भएको उहाँको भनाई छ ।
‘मलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । अल्लाहको कृपाले मेरो स्वास्थ्य राम्रो छ र उर्जावान तथा सवल महसुस गरिरहेको छु ।’ उहाँले भन्नुभएको छ ।
यसैबीच विश्वमा कोरोना सङ्क्रमितको संख्या १ करोड ११ लाख नाघेको छ । अहिलेसम्म विश्वमा १ करोड ११ लाख ९१ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको वल्र्डओमिटरले जनाएको छ । कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ लाख २९ हजार १ सय २७ पुगेको छ ।
कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा धेरै अमेरिकामा २८ लाख ९० हजार बढी छ । अमेरिकामा १ लाख ३२ हजार भन्दा धेरैको ज्यान गएको छ । ब्राजिल सङ्क्रमित धेरै हुने देशको दोस्रो स्थानमा छ । ब्राजिलमा १५ लाख ४३ हजार भन्दा धेरै व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यहाँ ६३ हजार बढीको ज्यान गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।