गन्नीगाड खोलाले १२ कल्भर्ट बगायो

 असार २१, २०७७ आइतबार १९:२१:१३ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – वर्षायाम सुरु भएसँगै बैतडीका विभिन्न स्थानमा बाढी पहिरोले समस्या निम्त्याएको छ । डिलाशैनी गाउँपालिका १ का विभिन्न स्थानमा गन्नीगाड खोलाले १२ कल्भर्ट बगाएको गाउँपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति पुरुषोत्तम नाथ योगीले जानकारी दिनुभयो ।

शुक्रबार र शनिबार राति राती भएको वर्षाका कारण खोलामा आएको बाढीले गाउँमा जाने कल्भर्ट बगाएको हो । वडा नम्बरं १ को बडम, सेल्तडा, रामला, डुडेपानीलगायतका क्षेत्रमा पहिरोसमेत खसेको स्थानीयहरुले बताएका छन् । 

डिलाशैनी  गाँउपालिका १ मा पहिरो खस्दा १५ घर जोखिममा परेका छन् । पहिरोले गाउँमा खानेपानीको पाइपसमेत बगाएको स्थानीय मानसिंह रानाले बताउनुभयो । बाढीले खोला किनारका खेत पनि बगाएको उहाँले बताउनुभयो ।   

डिलाशैनी १ मा मात्रै ५० लाख बढीको क्षति भएको गाउँपालिकाले जनाएको छ । अहिले पनि क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको गाउँपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति योगीले बताउनुभयो ।   

अन्तिम अपडेट: फागुन २८, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया