जनावरबाट मानिसमा सर्ने रोगको जोखिम बढ्दो क्रममा रहेको विज्ञको चेतावनी

 असार २३, २०७७ मंगलबार १०:२१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जूनोटिक डिजिज अर्थात् जनावरबाट मानिसमा सर्ने रोगहरु बढ्दो क्रममा रहेको भन्दै विज्ञहरुले चेतावनी दिएका छन् ।

वन्यजन्तुको संरक्षण तथा वातावरण जोगाइएन भने जनावरबाट मानिसमा सर्ने रोगहरु अझै बढ्ने भन्दै संयुक्त राष्ट्रसंघका विज्ञहरुले चिन्ता व्यक्त गर्दै चेतावनी दिएका छन् । अहिले विश्वव्यापी महामारीको रुप लिएर मानव समुदायमाथि नै गम्भीर स्वास्थ्य संकट सिर्जना गरेको कोभिड–१९ पनि जनावरबाट मानिसमा सरेको उनीहरुको भनाई छ । कोभिड १९ जस्तो रोगको उदय हुनुमा मानिसमाझ रहेको जनावरको मासुप्रतिको बढ्दो माग, अनुचित कृषि अभ्यास तथा जलवायु परिवर्तन कारक रहेको उनीहरूले बताएका छन् । 

पशुजन्य प्रोटिनको माग अधिक हुनु, दिगो कृषि नअपनाइनु तथा जलवायु परिवर्तनका कारण यस्ता रोगहरु बढेको विज्ञहरुले बताएका छन् । जूनोटिक डिजिजका कारण एक वर्षमा विश्वमा २० लाख मानिसको ज्यान जाने गरेको  छ ।  कोभिड–१९ जस्तै इबोला, वेष्ट नाइल भाइरस र सार्स पनि जूनोटिक डिजिज हुन् ।

यी सबै पहिले जनावरमा देखिएर त्यसपछि मानिसमा सरेका हुन् । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम र इनटरनेश्नल लाइभस्टक रिसर्च इन्स्टिच्युडले गरेको अनुसन्धान प्रतिवेदनमा जनावरमा देखिएका रोगहरु आफैं मानिसमा भने नसर्ने उल्लेख छ । 

राष्ट्रसङ्घको वातावरण कार्यक्रम तथा अन्तर्राष्ट्रिय पशुसेवा अनुसन्धान निकायले तयार पारेको प्रतिवेदनले त्यस्तो रोग सार्न प्रकृतिलाई क्षय हुने मानवीय गतिविधिलाई कारक ठानेको छ । उदाहरणका लागि भूक्षय, वन्यजन्तुको दुरुपयोग, स्रोतको जथाभावी दोहन तथा जलवायु परिवर्तनका कारण मानव जाति र जनावरबीचको अन्तरसम्बन्ध परिवर्तित भएको प्रतिवेदनले जनाएको छ ।

राष्ट्रसङ्घकी उपमहासचिव तथा वातावरण कार्यक्रमकी कार्यकारी निर्देशक इंगर एन्डरसनले का अनुसार “बितेको एक शताब्दीमा कम्तीमा छ वटा नयाँ प्रजातिका कोरोना भाइरसको महामारी देखेको र त्यो जुनोटिक डिजिज भएको उहाँ बताउनुहुन्छ ।  

न्यून तथा मध्यम आय भएका देशहरुमा  यस्ता जुनोटिक रोगहरूका कारण हरेक वर्ष बीस लाख मानिसको ज्यान गइरहेको उहाँले बताउनुभयो ।  प्रतिवेदनले सरकारहरूलाई भविष्यमा महामारी रोक्न आवश्यक रणनीतिबारे बताएको छ । तिनमा दिगो भूमि व्यवस्थापन, जैविक विविधताको सुधार तथा वैज्ञानिक अनुसन्धानमा लगानी रहेका छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया