विदेशबाट घरमा पैसा पठाउने सोचमा हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

 असार २४, २०७७ बुधबार १०:३५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोनाको कारण रोकिएको खाडीका देश र मलेसियाको आर्थिक गतिविधि विस्तारै खुलेका छन् । यो बेला काम र कमाइ पहिलेजस्तो नभए पनि कोरोनाको महामारीका बेलामा विदेशी मुद्राको भाउ भने बढिरहेको छ ।

साथमा पैसा छ र घरमा पठाउने सोचमा हुनुहुन्छ भने चाहिँ फाइदा हुन्छ । आज बुधबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ६० पैसा र बिक्रीदर १२० रुपैयाँ २० पैसा तोकेको छ ।

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०५ पैसा रहेको छ । आज बुधबार कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०१ पैसा रहेको छ । 

ओमानी रियाल १ को खरिददर ३११ रुपैयाँ ३८ पैसा रहेको छ भने यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७३ पैसा छ । मलेसियन रिंगिट एककोे खरिददर २७ रुपैयाँ ९७ पैसा बिक्रीदर २८ रुपैयाँ ११ पैसा तोकेको छ । 

कोरियन वन १ सयको खरिददर १० रुपैयाँ  र बिक्रीदर १० रुपैयाँ ०५ पैसा पुगेको छ । कुवेती दिनार १ को खरिददर ३८८ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९० रुपैयाँ २७ पैसा रहेको छ । 
यस्तै बहराइन दिनार १ को खरिददर ३१७ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१८ रुपैयाँ ८० पैसा रहेको छ । 
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया