फिलिपिन्सबाट समस्यामा रहेका नेपाली ल्याउन जुलाई १२ मा उडान हुने, १८९ जनाको सूची सार्वजनिक

 असार २४, २०७७ बुधबार १३:३९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – फिलिपिन्समा कोरोनाको कारण समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि आउँदो आइतबार उडान हुने भएको छ ।

फिलिपिन्सको मनिलाबाट त्यहाँ समस्यामा रहेका नेपाली ल्याउनका लागि हिमालय एअरलाइन्सले जुलाई १२ अर्थात आउँदो आइतबार उडान भर्ने मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार फिलिपिन्स र ब्रुनाई कोरोनाका कारण रोकिएका १८९ जना दूतावासको प्राथमकितामा परेका छन् । उनीहरुको सूची दूतावासले सार्वजनिक गरेको छ । यी देशमा समस्यामा परेका र स्वदेश फर्कन पर्ने अवस्थामा भएमा दूतावासमा आफ्नो विवरण टिपाउन पनि अनुरोध गरिएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया