आज विमानस्थलमा १३ अन्तर्राष्ट्रिय उडान, ७३५ नेपाली स्वदेश आइपुगे

 असार २५, २०७७ बिहिबार १९:४६:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज बिहीबार विभिन्न पाँच उडानमार्फत ७३५ जना नेपाली स्वदेश फर्किएका छन् ।

मलेसिया, कुवेत, यूएई र थेन्जिनबाट आज विभिन्न चार्टर्ड उडानमार्फत नेपालीहरु स्वदेश फर्किएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत १५० जना, यूएईको आबुधाबीबाट हिमालय एअरलाइन्समार्फत १५३, यूएईकै सारजहाबाट एअर अरेबियामार्फत १७० जना नेपाली स्वदेश फर्किंएका छन् ।

यस्तै आज कुवेतमा आममाफीमा सहभागी १५७ जना नेपाली जजिरा एअरमार्फत स्वदेश फर्किएका छन् । हिमालय एअरलाइन्सले थेन्जिनबाट १०५ जना नेपाली लिएर आएको छ ।

यस्तै आज दुबई जाने नेपाल एअरलाइन्सले ६४ जना यात्रु लिएर जाने भएको छ । यस्तै आज राती आबुधाबी र दुबईबाट नेपाली लिएर हिमालय र नेपाल एअरलाइन्सका जहाज आउँदैछन्। आज विमानस्थललमा नेपाली लिएर आउन, लिन जान र नेपाली लिएर आएका जहाज फर्कन गरी १३ वटा अन्तर्राष्ट्रिय उडान भएका छन् ।

यस्तै भोलि खाडीका देश, मलेसिया र कोरियाबाट नेपाली फर्कंदै छन् । नेपाली लिन जान र ल्याउनका लागि भोलि १० अन्तर्राष्ट्रिय हुने विमानस्थलले जनाएको छ ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया