कासिम सुलेमानीकाे हत्या अन्तर्राष्ट्रिय कानुनकाे उल्लङ्घन : संयुक्त राष्ट्र सङ्घ

 असार २५, २०७७ बिहिबार १९:४९:३९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकाले इरानी सेनाका मुख्य कमाण्डर कासिम सुलेमानीको हत्या गर्नु अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको संयुक्त राष्ट्र सङ्घकाे विशेषज्ञ टाेलीले बताएकाे छ । 

गएको जनवरीमा इराकको बग्दाद विमानस्थलमा अमेरिकाले हवाई आक्रमण गर्दा सुलेमानीसँगै नौ जनाको ज्यान गएको थियो । 

संयुक्त राष्ट्रको एक विशेष रिपोर्टको सम्बन्धमा एग्नेस कालामार्डले भने, ‘अमेरिकाले आक्रमणलाई औचित्य प्रमाणित गर्न पर्याप्त मात्रामा तथ्य पुगेको थिएन ।’

अमेरिकी राज्य विभागले सुलेमानीलाई ‘आतङ्कवादीलाई सहयोग गरेको’ आरोप लगाएको थियो । 

पछिल्लो हप्ता इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ३५ अन्यविरुद्ध सुलेमानीको हत्याको सम्बन्धमा हत्या र आतङ्कवादको आरोपमा पक्राउ पुर्जी (गिरफ्तारी वारेण्ट) जारी गरेको थियो । 

अमेरिकाले कासिम सुलेमानीको हत्या गरेयता इरान–अमेरिकाबीच तनाव बढिरहेको छ ।   

आक्रमणको कारण के थियो ?

इराकमा अमेरिकाको यो आक्रमण भर्खरै अमेरिका र इरानबीच बढ्दै गरेको तनावपछि भएको हो । 

गएको हप्ता इराकको किरकुकमा भएको आक्रमणमा अमेरिकी ठेकेदारको ज्यान गएको थियो र सेनाका चार जना घाइते भएका थिए । यो आक्रमणमा अमेरिकाले इरानका सुलेमानीलाई जिम्मेवार ठहराएको थियो । 

द वाशिङ्टन पोस्ट अनुसार यो घटना पनि अक्रमणको एउटा कारण हो तर केही दिनपछि गएको डिसेम्बर ३१ को साँझ इरान समर्थित सेनाका सदस्यहरुले बगदादमा रहेको अमेरिकी दूतावास घेरेका थिए । 

अमेरिकी सञ्चारमाध्यमका अनुसार यो घटनालाई लिएर अमेरिकाले या क्षेत्रमा सैनिकको सङ्ख्या बढाउने मात्र नभएर जवाफी कारबाहीको योजना बनायो । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया