एक हप्तामा २८ देशका लागि १६ सय ५४ जनाले लिए पुनः श्रम स्वीकृति, खाडीकै देश जान खोज्ने धेरै

 असार २५, २०७७ बिहिबार २०:३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – लकडाउनका बीचमा पनि एक हप्ताको अवधिमा विदेश जान १६ सय ५४ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

कोरोना महामारी र जोखिम कायमै रहे पनि सरकारले गएको १८ गतेदेखि पुनः श्रम स्वीकृति खुलाएपछि एक हप्ताको अवधिमा १६ सय ५४ जनाले लिएको वैदेशिक रोजगार कार्यालयले जनाएको छ ।

अहिले भिसा र करार अवधि हुनेलाई सरकारले पुनः श्रम स्वीकृति दिइरहेको छ । पुनः श्रम स्वीकृति लिनेमा १८८ महिला र १४ सय ६६ पुरुष रहेका छन् । सबैभन्दा धेरै यूएई जानका लागि पुनः श्रम स्वीकृति लिएका छन् ।

यूएईका लागि ७७७ जनाले, कतारका लागि १८० जनाले, मलेसियाका लागि १४७ जनाले, ओमानका लागि २४ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । अहिलेसम्म अमेरिका, जापान, माल्टा लगायतका २८ देश जानका लागि पुनः श्रम स्वीकृति लिएको कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया