यूएईको प्रमुख एयरलाइन कम्पनी इमिरेट्सले एक तिहाई कर्मचारी कटौती गर्ने

 असार २६, २०७७ शुक्रबार ११:२३:२९ | उज्यालो सहकर्मी

काठमाण्डौ – दुबइको प्रमुख एअरलाइन कम्पनी इमिरेट्सले कोरोना भाइरस महामारीको प्रकोपका कारण यो हप्ता आफ्ना कम्पनीका केही पाइलट लगायत अन्य कर्मचारी कटौती गर्ने भएको छ ।

विश्वको सबैभन्दा ठूलो वाइडबडी एयरक्राफ्टले पूर्व सूचना अनुसार नै कर्मचारी कटौतीको प्रक्रिया अगाडि बढाइरहेको एअरलाइन कम्पनी इमिरेट्सका प्रवक्तालाई उद्धृत गर्दै स्थानीय पत्रिका खलिज टाइमले लेखेको छ ।
कम्पनीले विशेष महत्वका साथ कार्यबल साथै जनशक्ति व्यवस्थापनको लागि दुई महिना पहिलेदेखि नै अभ्यास सुरु गरिरहेको छ ।

प्रवक्ताले यो हप्ता कुन विभागबाट कति जनाको रोजगारी कटौती हुने भनेर भनेका छैनन् । तर एयरलाइन्सका जम्मा ४३ सय पाइलट र २२ हजार क्याबीन क्रु कोरोना भाइरस पूर्वको स्तरबाट एकतीहाइको दरले खुम्चिने अनुमान गरिएको छ  ।

‘सुरक्षित र व्यवहारिक रुपमा उपयुक्त भएको ठाउँमा हामीले विस्तारै विस्तारै उडान सञ्चालन गर्न थालिसकेका छौं,  अहिले हाम्रो अवस्था पहिलेको भन्दा नाजुक बन्दै गएको छ र पहिलेको अवस्थामा फर्किन केही समय लाग्नेछ’, एयरलाइन कम्पनी इमिरेट्सका प्रवक्ताले भन्नुभयो, ‘हाम्रो कम्पनीको सफलतामा हाम्रा कर्मचारीको ठूलो योगदान छ, त्यसैले हामीले यस विषयलाई गम्भीरताका साथ लिएका छौं र रोजगारीको संरक्षण गर्नको लागि हाम्रो प्रयास रहनेछ ।’

यो हप्ताको कर्मचारी कटौतीबाट एयरबस ए३८० का पाइलटहरु प्रभावित हुने जनाइएको छ । ११५ एयरबस ए३८० यो वर्ष सेवा प्रदान नगर्ने भन्दै इमिरेट्सका प्रमुख कार्यकारी अधिकृत अदेल अहमद अल रेधाले आफ्नो रणनीतिको समिक्षा गर्न आवश्यक रहेको जनाएका छन् ।

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया