झुलाघाट नाकाबाट तीन दिनमा १३७ जना भित्रिए

 असार २७, २०७७ शनिबार १९:४९:४४ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – भारतसँग सीमा जोडिएको झुलाघाट नाकाबाट तीन दिनको अवधिमा एक सय ३७ जना स्वदेश फर्किएका छन् । 

अन्तर्राष्ट्रिय सीमा बन्द भएका कारण सीमापारि रहेका नेपालीहरु स्वदेश फर्केका हुन् । यस्तै चार सय ३८ जना भारतीय पेन्सनधारी नेपालीहरुले पेन्सन बुझेका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो । 

लकडाउनकाे कारण पेन्सन बुझ्न नसकेका नागरिकको समस्यालाई समेत ध्यानमा राखेर बुधबारदेखि तीन दिनकाे लागि झुलाघाट नाका खोलिएको थियो । नेपाल र भारतका स्थानीय प्रशासनको समन्वयमा नाका खोलिएको हो । यस्तै नाका खुला भएपछि नेपालबाट २९ जना भारतीय नागरिक पनि आफ्नो देश फर्केका छन् । 

भारतबाट पेन्सन बुझ्ने धेरै नागरिकले अझै पनि पेन्सन बुझ्न बाँकी रहेकाेले फेरी नाका खोल्नकाे लागि भारतीय पक्षलाई अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताउनुभयो ।

फेरि केही दिनकाे लागि नाका खोल्न जिल्ला प्रशासन कार्यालय बैतडीले भारतको पिथौरागढ प्रशासनलाई पत्र लेखेको उहाँले बताउनुभयो ।   

अन्तिम अपडेट: फागुन २९, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया