एके–४७ को बदलामा २ वटा गाई दिने नाइजेरियाको जमफारा राज्य

 साउन ३, २०७७ शनिबार १४:१०:९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – नाइजेरियाको उत्तर–पश्चिमी जमफारा राज्यमा आत्मसमर्पण गर्ने डाँकु (लुटेरा) लाई एक एके–४७ को बदलामा दुई वटा गाई दिइने भएको छ ।   

जमफाराका गभर्नर बेलो मटावाल्लेले अपराधको जिन्दगी छोडेर एक जिम्मेवार नागरिकको रुपमा जीवन बिताउनको लागि प्रेरित गर्न सरकारको यो एउटा प्रयास भएको बताए ।   

मोटरसाइलकलमा आउने डाँकुहरुले यो प्रान्तलाई आतङ्कित बनाएका छन् ।   

यहाँको फुलवानी चरवाहा समुदाय गाईलाई निकै महत्त्व मान्छ र बारम्बार आक्रमण भइरहनुको पछाडि यही कारण भएको बताइन्छ । तर यस समुदायका मानिस भने यी सबै आरोप खण्डन गर्दै आफै पीडित भएको बताउँछन् ।   

बीबीसीका संवाददाता अबू बकरका अनुसार नाइजेरियामा एक गाईको औसत मूल्य एक लाख नायरा (२६० डलर) हुन्छ तर कालो बजारमा एक एके–४७ राइफलको मूल्य पाँच लाख नायरा (१२०० डलर) पर्छ । 

ती डाँकु कस्ता छन् ?

गभर्नर मटावाल्लेले एक बयानमा भने, ‘पश्चाताप गर्ने डाँकुहरुले पहिला आफ्ना गाईको बदलामा बन्दुक किने र अब उनीहरु अपराधबाट मुक्त हुन चाहन्छन् । एके–४७ राइफल लिएर दुई वटा गाई लैजान हामी अपिल गर्छाैँ । यो योजनाले उनीहरुलाई सशक्त र प्रोत्साहित गर्ने हामीले आश गरेका छौँ ।’

यी डाँकु घना जङ्गलबाट आफ्नो नेटवर्क चलाउँछन् र छिमेकी राज्यमा लुटपाट गर्छन् । यिनीहरु विशेष गरी पसल, पशु, अन्न लुट्छन् र फिरौतीको लागि मानिसहरुलाई बन्धक बनाउने गर्छन् ।  

जमफारामा केही समयअघि भएको एक आक्रमणमा हतियारधारी डाँकुहरुले टलाटा मफारामा २१ जनाको हत्या गरेका थिए । 

अन्तर्राष्ट्रिय सङ्कट समूहका अनुसार पछिल्लो दशकमा केब्बी, सोकोट, जमफारा र छिमेकी देश नाइजेरमा आठ हजारभन्दा धेरै मारिएका थिए ।

यो आक्रमणको पछि संसाधनलाई लिएर दशकसम्म चलेको सङ्घर्ष हो, जो जातीय फुलानी चरवाह समूह र किसान समुदायबीचको हो ।

जमफाराका धेरैजसो नागरिक किसान छन् र राज्यको आदर्श वाक्य पनि ‘कृषि हाम्रो गौरव हो’ भन्ने रहेको छ । 

साथै गभर्नरले जङ्गलबाट लुटपाट गर्ने डाँकुहरुको क्याम्प पनि हटाउने वाचा गरेका छन् ।   

जमफाराको बारेमा अरु जानकारी 

सन् २०१६ को तथ्याङ्कअनुसार यहाँको जनसङ्ख्या झण्डै ४५ लाख छ । 
६७ दशमलव ५ प्रतिशत नागरिक गरिबीको चपेटामा छन् (राष्ट्रिय दर ६२ प्रतिशत)
राज्यको साक्षरता दर ५४ दशमलव ७ प्रतिशत छ । 
यो राज्यमा हौजा र फुलानी समुदायका नागरिकको बाहुल्यता छ । 
यहाँका धेरैजसो मानिस मुस्लिम धर्म मान्छन् । 
सन् २०० मा सरिया कानुन दोस्रो पटक लागू गर्ने नाइजेरियाको पहिलो राज्य हो । 
स्रोत : नाइजेरियाको डाटा पोर्टल र अन्य 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया