विदेशबाट फर्किएकाको पीसीआर परीक्षणपछि मात्र जिल्ला पठाउन सोलुखुम्बुका पालिकाकाे माग

 साउन ६, २०७७ मंगलबार १७:८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुका पालिकाहरुले विदेशबाट उद्धार गरेर स्वदेश फर्काइएका नागरिकहरुको पीसीआर परीक्षणपछि मात्र जिल्लामा पठाउन माग गरेका छन् ।

सोलुखुम्बुको एउटा नगरपालिका र सात वटा गाउँपालिकाले संयुक्त विज्ञप्ति निकालेर भौगोलिक कठिनाइका कारण स्वाब सङ्कलन गरी प्रयोगशालासम्म पुर्‍याउन समस्या भएकोले काठमाण्डौमा बनाइएका होल्डिङ सेन्टरमै पीसीआर परीक्षण गरेर मात्र जिल्ला पठाउन माग गरेका हुन् ।

दुर्गम बस्तीमा गएर स्वाब सङ्कलन गर्ने दक्ष जनशक्ति नभएको, सङ्कलन गरिएको स्वाब प्रयोगशालामा पुर्‍याउन सडक मार्ग अवरोध भइरहने जस्ता समस्या रहेकोले पीसीआर परीक्षण गरी सङ्क्रमण नदेखिएका नागरिकलाई मात्र जिल्ला पठाउन र सङ्क्रमण देखिएमा केन्द्रमै उपचार गर्ने व्यवस्था गर्न माग गरिएको नेचासल्यान गाउँपालिकाका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिनुभयो ।

सोलुखुम्बुमा विदेशबाट फर्किएका चार जनामा साेमबार कोरोनाकाे सङ्क्रमण पुष्टि भएको थियो ।  

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया