स्वदेश फिर्ती : साउदी र मलेसियाबाट ७८० जना स्वदेश आइपुगे

 साउन ६, २०७७ मंगलबार १७:५९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज चार उडानमार्फत खाडीका देश र मलेसियाबाट ७८० जना नेपाली स्वदेश आइपुगेका छन् ।

साउदी र मलेसियाबाट त्यहाँ ज्यान गुमाएका ७ नेपालीको शव पनि ल्याइएको छ । यस्तै मलेसियाबाट दुई उडानमार्फत नेपालीहरु आज राति स्वदेश आइपुग्नेछन् । आज साउदीको दमामबाट हिमालय एअरलाइन्समार्फत २ शवसहित २१४ नेपाली स्वदेश फर्किएका छन् ।

यस्तै रियादबाट नेपाल एअरलाइन्सको चार्टर्ड जहाजमार्फत पाँच शवसहित २६४ जना स्वदेश फर्किएका छन् भने रियादबाटै हिमालयको चार्टर्ड जहाजमार्फत १४८ जना स्वदेश आइपुगेका त्रिभुवन विमानस्थलले जनाएको छ । यस्तै मलेसियाको क्लालाम्पुरबाट मलिण्डो एअरमार्फत १५३ जना नेपाली फर्किएका छन् । मलिण्डो एअरले एक नेपालीको शव पनि ल्याएको छ ।

मलेसियाबाटै मलिण्डो एअरको अर्को जहाज नेपाली लिएर आउँदैछ भने नेपाल एयरलाइन्सको जहाज पनि नेपाली लिएर आइरहेको छ । आज नेपाली ल्याउन, लिन जान र लिएर आएका जहाज फर्कन गरी विमानस्थलमा १५ अन्तर्राष्ट्रिय उडान हुनेछन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया