भैँसीले हान्दा सिन्धुलीमा एक जनाको ज्यान गयो
फागुन १, २०८१ बिहिबार
चितवन – मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी खुलेको छ । यो सडकखण्ड अन्तर्गतको चारकिलोमा खसेको पहिरो हटाएर दिउँसो साढे चार बजेदेखि एकतर्फी बाटो खुलाइएको हो ।
अहिले एकतर्फी गाडी चलिरहेकाे मुग्लिन– नारायणगढ सडकखण्ड आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो । पहिरोका कारण यो सडकखण्ड साेमबार बिहानदेखि ठप्प भएको थियो ।
अहिले पृथ्वी राजमार्गको केबुलकार, चुम्लिङ्गटार र फिस्लिङ्ग नजिकै खसेकाे पहिरो हटाउने काम भइरहेको छ ।
पहिरो हटाएर मङ्गलबार नै चितवन जिल्लाभित्र पर्ने राजमार्ग खुलाउने तयारी भएको आयोजनाका सूचना अधिकारी शिव खनालले बताउनुभयो ।
धादिङमा बाढी पहिराेले भत्काएकाे मौवा खोलामा भने पुल बनि नसकेकाले काठमाण्डौसम्म आउजाउ हुन सकेको छैन । पुल मर्मत भइरहेकाले काठमाण्डाै आउजाउ गर्न अझै एक/दुई दिन लाग्न सक्ने प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।