भ्यालिड भिसा भएकाहरु बहराइन प्रवेश गर्न पाउने, भिसा अवधि अक्टोबरसम्म थपियो

 साउन ७, २०७७ बुधबार १६:१८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भ्यालिड भिसा भएकाहरु पूर्व अनुमतिबिनै बहराइन प्रवेश गर्न पाउने भएका छन् ।

बहराइन सरकारले बुधबार भ्यालिड भिसा भएकाहरुलाई प्रवेशमा कुनै अनुमति लिन नपर्ने जनाएको हो । तर यो नियम भ्यालिड भिसा भएका र त्यो भिसा बहराइनको राष्ट्रिय पासपोर्ट र बसोबास सम्बन्धित मन्त्रालयले जारी गरेको हुनुपर्ने भनिएको छ ।

यो नियम तत्कालका जारी हुने भिसाको हकमा भने लागू हुने छैन । अघिल्लो हप्ता मात्रै बहराइनले भिसाको म्याद सकिएकाहरुको लागि थप तीन महिना थप्ने निर्णय गरेको थियो । सबै प्रकारका भिसाहरु जुलाई २१ देखि अक्टोबर २१ सम्म स्वतः नवीकरण हुनेछन् ।

भिजिटरले अक्टोबर २१ भन्दा पछिसम्मका लागि पनि भिसाको अवधि थप्न चाहेमा भने नवीकरणका लागि निवेदन दिन पर्नेछ । यस्तो निवेदन अनलाइन पोर्टलबाट दिन सकिने बहराइनको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया