भैँसीले हान्दा सिन्धुलीमा एक जनाको ज्यान गयो
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – सरकारी छाप दस्तखत किर्ते र ठगी मुद्दामा दोषी ठहर भएपछि भागिरहेका ललितपुरको महाङ्काल गाउँपालिका २ का हरिशरण महत सात वर्षपछि पक्राउ परेका छन् ।
उच्च अदालत पाटनले उनलाई दोषी ठहर गर्दै २०७० सालको चैत १७ गते दुई वर्ष कैद र ३७ लाख ५० हजार रुपैयाँ जरिबाना फैसला गरेको थियो । ललितपुरको सातदोबाटोमा लुकेको अवस्थामा पक्राउ परेका उनलाई बिहीबार फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाण्डाैमा पेस गरिएको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जनाएको छ ।
उनले लोप्साङ लामा र च्यूङ्ताङ लामाको नाममा संयुक्त दर्ता रहेको काठमाण्डाैकाे नागार्जुन नगरपालिका ५ सीतापाइलामा रहेको दुई रोपनीभन्दा धेरै जग्गा मालपोत कार्यालय कलङ्कीका खरिदार भीमबहादुर राईसमेतको मिलेमतोमा नक्कली कागजात बनाएर बेचबिखन गरेको खुल्न आएको सीआईबीले जनाएको छ ।
त्याे जग्गा पोखराका प्रविणमान श्रेष्ठलाई महतले २०६४ सालको चैत २४ गते ७५ लाख रुपैयाँमा बेचेको पनि खुलेको सीआईबीले जनाएको छ । मालपोत कार्यालय कलङ्कीका खरिदार भीमबहादुर राईलाई भने ब्युरोको टोलीले २०७४ साल असार २२ गते नै पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाण्डाै जिल्ला अदालतमा पेस गरेको प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।