खोला किनारको २० मिटर मापदण्डको फैसलामा सर्वोच्चले पुनरावलोकन...
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै – नेप्से परिसूचक परिसूचकाङ्क बिहीबार १० दशमलव १३ अङ्कले बढेको छ । बुधबार साढे १७ अङ्कले घटेको परिसूचक बिहीबार बढेर १४ सय ४२ दशमलव ६१ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
बिहीबार एक अर्ब ३२ लाख ७१ हजार रुपैयाँ बराबरका ३३ लाख ९२ हजार कित्ता शेयर किनबेच भएका छन् । कारोबार रकम भने बुधबारकाे भन्दा कम हो । बुधबार एक अर्ब ५३ करोड रुपैयाँ बराबरका शेयर कारोबार भएको थियो ।
विकास बैंक र म्युचल फण्डबाहेक बिहीबार सबै समूहका उपसूचक बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक १८५ दशमलव ७ र जीवन बीमा समूहको उपसूचक १५४ दशमलव ६७ अङ्कले बढेको छ ।
बिहीबार दिनभर सबैभन्दा धेरै नेपाल रिइन्स्याेरेन्स कम्पनी लिमिटेडको ११ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १० करोड २९ लाख रुपैयाँ र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको आठ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ ।
तारागाउँ रिजेन्सी होटल लिमिटेड र मिर्मिरे माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडका शेयर लगानीकर्ताले बिहीबार सबैभन्दा धेरै १० प्रतिशत कमाएका छन् । ओरिएन्टल होटल लिमिटेड, कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंक लिमिटेड र मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर लगानीकर्ताले पनि झण्डै १० प्रतिशत कमाएका छन् । मल्टिपर्पोज फाइनान्स लिमिटेडका शेयर लगानीकर्ताले भने ५ दशमलव ३६ अङक गुमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।