वर्षातकाे समयमा स्क्रब टाइफसको जोखिम, सचेत रहन डाक्टरकाे सुझाव

 साउन १०, २०७७ शनिबार १०:४०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - वर्षातकाे समयमा स्क्रब टाइफस रोगको जोखिम हुने भएकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् । 

अहिले धेरैको ध्यान कोरोनामा केन्द्रीत भएकाले स्क्रब टाइफसलगायतका अरु रोगको जोखिम बढ्न सक्ने भन्दै सावधानी अपनाउन सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले सुझाव दिनुभएको छ। 

स्क्रब टाइफस रोगका बिरामी भेटिन थालेका उहाँले जानकारी दिनुभयो । गएका वर्षमा यो बेला स्क्रब टाइफसका बिरामी धेरै हुने गरे पनि यो वर्ष कोरोनाको डरका कारण मानिस अस्पताल नपुगेका हुनसक्ने उहाँले बताउनुभयो । 

ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, मांसपेशी दुख्नेलगायतका लक्षण स्क्रब टाइफसको हो । यी लक्षण कोरोना भाइरससँग मिल्दोजुल्दो हुने भएकाले कतिपयले रोग लुकाएर अस्पताल नगएको पनि हुन सक्ने उहाँको भनाइ छ ।

कोरोना भाइरसको कारण हुने मृत्युदरभन्दा स्क्रब टाइफसका कारण हुने मृत्युदर बढी भएकाले रोग नलुकाउन र अस्पताल गइहाल्न डाक्टर पुनको आग्रह छ । मुसामा हुने परजीवीलाई एक प्रकारको माइट जातीको सूक्ष्म कीराको माध्यमले स्क्रब टाइफस मानिसमा सर्ने गर्छ । 

घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने, लामो बुट लगाउने, हातमा पन्जा लगाउनेलगायतका सावधानीका अपनाउँदा स्क्रब टाइफसबाट बच्न सकिने डाक्टरले बताएका छन् । 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया