भैँसीले हान्दा सिन्धुलीमा एक जनाको ज्यान गयो
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै - नेपालमा छिरेका सलह निस्क्रिय हुँदै गएका छन् । गएको ३,४ दिनयता कतैपनि सलह सक्रिय भएको जानकारी नआएको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका निर्देशक सहदेव हुमागाईँले जानकारी दिनुभयो ।
हावाको बहावसँगै सलहको झुण्ड मुस्ताङलगायत उच्च पहाडी क्षेत्रतिर पुगेका र मौसम प्रतिकूलताका कारण धेरैजसो मरेका छन् । बाँचेका सलह पनि खान, बस्न नै नसकेर निस्क्रिय भएका उहाँले बताउनुभयो । तर भारतको सीमावर्ती क्षेत्रमा रहेका सलहको झुण्ड नेपाल आउने सम्भावना भने कायमै छ ।
तत्काल नै आउने सम्भावना के कति छ भन्नेबारे आज दिउँसो विज्ञसँगको छलफलपछि मात्रै थाहा हुने प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका निर्देशक हुमागाईँले जानकारी दिनुभयो । उहाँकाअनुसार सीमावर्ती क्षेत्रमा कतिको सङ्ख्यामा छन् ? भारतमा मौसमको अवस्था के छ ? र नेपाल आएमा कत्तिको नोक्सानी पुर्याउन सक्छ ? भनेर आज छलफल गरेपछि जानकारी गराइनेछ ।
हिजो अस्तिसम्म नै नेपाल आउने अनुमान गरिएको सलहको झुण्ड भारतमा मौसम प्रतिकूलताका कारण आउन नसकेको हुनसक्ने उहाँको भनाइ छ । आज सलहको प्रक्षेपण गर्ने एपमार्फत पनि विस्तृत जानकारी लिने र सूचना प्रकाशन गरिने उहाँले बताउनुभयो । धुवाँ बाल्ने र ठूलो आवाज निकाल्ने गर्नाले सलह धपाउन सकिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।