विदेशमा कोरोनाको कारण ज्यान गुमाउने नेपालीको संख्या १ सय ६१

 साउन ११, २०७७ आइतबार १०:५२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संसारका विभिन्न देशमा रहेका १ सय ६१ जना नेपालीको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ ।

गैरआवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिको तथ्याँक अनुसार अघिल्लो हप्ता थप एक जनासहित अहिलेसम्म १ सय ६१ जना नेपालीको कोरोनाको कारण ज्यान गएको हो । समितिका अनुसार संसारका विभिन्न ३६ देशमा रहेका ३१ हजार १ सय ५० नेपालीमा कोरोना सङ्क्रमण भएको छ ।

उनीहरुमध्ये २९ हजार २ सय ४३ जना अर्थात ९३ प्रतिशतभन्दा बढी नेपाली सङ्क्रमण मुक्त भएका छन् । कोरोना सङ्क्रमित हुने र निको हुने नेपालीको सङ्ख्या बढी नै रहेको छ । तर अन्य देशमा नयाँ सङ्क्रमित नेपाली घट्दै गए पनि खाडीका देश यूएई, कतार, कुवेत र साउदीमा रहेका नेपालीमा भने सङ्क्रमण बढिरहेको स्वास्थ्य समितिले जनाएको छ ।

अघिल्लो साता अफ्रिकी देशमा कोरोना भाइरसबाट सङ्क्रमित नेपालीमध्ये अधिकांश सङ्क्रमणमुक्त भए पनि यो साता त्यहाँ फेरि सङ्क्रमणदर केही बढेको छ । विदेशमा विस्तारै कामहरु सुरु भएका छन् । लकडाउनका कारण बन्द रहेका कामहरु पनि सुरु हुँदैछन् ।

त्यसैले स्वास्थ्य समितिले सार्वजनिक स्थलमा जाँदा र सवारी साधन प्रयोग गर्दा विशेष ख्याल राख्न अनुरोध गरेको छ । समितिले सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नसमेत सुझाएको छ ।

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया