संविधान र जनाधिकार रक्षा गर्न लागिरहन्छौँ : अध्यक्ष प्रचण्ड
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – श्रीमतीको हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्वडीआइजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला पुनरवलोकन हुने भएको छ ।
फैसलाविरुद्ध परेको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका तीन न्यायाधीश सम्मिलित पूर्ण इजलासले पुनरवलोकन गर्ने अनुमति दिएको हो । न्यायाधीशहरू बमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुङ्गाना र कुमार रेग्मीको इजालसलले पुनरवलोकनका लागि अनुमति दिएको सर्वाेच्चले जनाएको छ ।
अनुमतिसँगै रञ्जनविरुद्ध दायर भएको कर्तव्य ज्यान मुद्दा शून्यबाट फेरि सुनुवाइको बाटो खुला भएको छ । पूर्वडीआइजी कोइरालाले श्रीमती गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाण्डौ जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो ।
तर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र तेजबहादुर केसीको इजलासले मुलुकी संहिताको अदालती बन्दोबस्तको महल १८८ प्रयोग गरी गएको असार १५ गते कोइरालाको सजाय २० वर्षबाट साढे आठ वर्षमा झारिदिएको थियो ।
पुनरवलोकनका अनुमति पाएसँगै मुद्दा फेरि विचाराधीन बनेको छ । अब यो मुद्दा पाँच जना न्यायाधीशको इजालसमा सुनुवाइ हुनेछ । कोइरालाले २०६८ साल पुस २७ गते श्रीमती गीताको हत्या गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।