२४ घण्टामा १३० जनामा काेराेनाकाे सङ्क्रमण, ७५ जना डिस्चार्ज

 साउन ११, २०७७ आइतबार १६:३०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा पछिल्लाे २४ घण्टामा एक सय ३० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । आइतबार थपिएकासँगै अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या १८ हजार ६ सय ८३ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा ७५ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या १३ हजार एक सय २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

नेपालमा अब पाँच हजार चार सय ४० जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन्, उनीहरुकाे देशभरका विभिन्न अस्पतालकाे आइसोलेशनमा उपचार भइरहेकाे छ । त्यस्तै १७ हजार नौ सय तीन जना क्वरेण्टीनमा रहेका छन् ।

नेपालमा अहिलेसम्म तीन लाख ४२ हजार चार सय ५७ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया