संविधान र जनाधिकार रक्षा गर्न लागिरहन्छौँ : अध्यक्ष प्रचण्ड
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेश वा कोरोना सङ्क्रमण भएको ठाउँबाट घर फर्किनेहरुले आफ्नै घरको क्वरेण्टीनमा बस्न सक्ने तर सावधानी अपनाउनुपर्ने बताएको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अहिले पनि धेरै जना विदेशबाट फर्किरहेकाेले हाेम क्वरेण्टीनमा बस्दा सुरक्षाका उपाय अपनाउनुपर्ने बताउनुभयो । सङ्क्रमण फैलने जोखिम हुने भएकोले जोखिम घटाउनका लागि सबैले सहयोग गर्नुपर्ने प्रवक्ता डा. गाैतमकाे भनाइ छ ।
होम क्वरेण्टीनमा बस्दा के गर्ने त ?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. गौतम भन्नुहुन्छ–
- सकेसम्म छुट्टै कोठामा बस्ने, छुट्टै कोठामा बस्न सम्भव नभएमा अरु व्यक्तिबाट कम्तीमा दुई मिटर टाढा बस्ने
- स्वास्थ्य उपचारका लागि स्वास्थ्य संस्था जाने समयबाहेक अरु बेला घरबाट बाहिर ननिस्कने
- स्वास्थ्य संस्था जाँदा सार्वजनिक यातायातको प्रयोग नगर्ने
- स्वास्थ्य संस्था जाँदा वा घरमा बस्दा अनिवार्य मास्ककाे प्रयोग गर्ने
- आफूले खाना खाने भाँडा तथा प्रयोग गर्ने रुमाल, मन्जन, ब्रुसलगायत सामान अरुको पहुँचमा नपुर्याउने, ती सामान आफैले धुने वा माझ्ने
- बेलाबेलामा हात धुने वा स्यानिटाइजरकाे प्रयोग गर्ने
- हातले नाक, मुख र आँखामा नछुने
- खोक्दा, हाच्छिउँ गर्दा टिस्यु पेपर वा रुमालले अनुहार छोप्ने र त्यसलाई छुट्टै व्यवस्थापन गर्ने वा धुने र तत्कालै हात धुने
- रुमाल, कपडा आफैले धोएर घाममा सुकाएपछि मात्र फेरि प्रयोग गर्ने
- छुट्टै शौचालय प्रयोग गर्ने, यदि छैन भने प्रयोग गरेपछि आफैले सङ्क्रमण हटाउने पदार्थको प्रयोग गरी सरसफाइ गर्ने
- जथाभाबी नथुक्ने
- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशन कडाइका साथ पालना गर्ने
- हरेक दिन शरीरको तापक्रम नाप्ने र मितिअनुसार टिपेर राख्ने
- घरपरिवारका सदस्यले चाहिँ क्वरेण्टीनमा बस्न सहयोग गर्ने र नियम पालना गरे नगरेको सुनिश्चित गर्ने
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।