संविधान र जनाधिकार रक्षा गर्न लागिरहन्छौँ : अध्यक्ष प्रचण्ड
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले साना र ठूला मापन नगरि भ्रष्टाचारीलाई कारबाही गर्ने गरिएको दाबी गर्नुभएको छ । एक रुपैयाँ घुस खाने र अरबाैँ रुपैयाँ खाने दुबै भ्रष्टाचारी भएकाले साना र ठूला मापन नगरि कारबाही गर्ने गरिएको उहाँले बताउनुभएको हो । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा उहाँले अहिले घुस लिने मोडालिटीसमेत भ्रष्टाचारीहरुले परिवर्तन गर्ने गरेको बताउनुभयो । कतिपय स्टिङ अपरेशनका क्रममा भारतमा गएर घुसबापतको रकम लिने, अर्काको खातामा रकम जम्मा गर्न लगाउने प्रवृत्ति देखिएको उहाँले बताउनुभयो । प्रमुख आयुक्त घिमिरेले पालिकाका जनप्रतिनिधिको सम्पत्ति छानबिनमा आयोग सक्रिय रहेको बताउनुभयो । उपभोक्ता समितिले ठेक्का लगाएर काम गराउने प्रवृतिले पनि भ्रष्टाचार बढाएको उहाँले बताउनुभयो । घिमिरेले सरकारलाई पटक–पटक नीतिगत निर्णयको व्याख्या गर्न आग्रह गर्दा पनि सम्बोधन हुन नसकेको बताउनुभयो । भ्रष्टाचार अख्तियार एक्लैले नियन्त्रण गर्न सक्ने विषय नभएकाले सबैको एकीकृत र समन्वयात्मक प्रयत्न भए मात्रै न्यूनीकरण गर्न सकिने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Prakash Kunwar
July 26, 2020, 7:20 p.m.कुरा त सबैले राम्रो नै गर्छन , तर काम सबैको उही हो /