चेपाङ बस्तीमा भएको घटनाबारे सार्वजनिक भएका सबै कुरा सत्य छैनन् : मन्त्री बस्नेत

 साउन ११, २०७७ आइतबार २०:९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले चितवनको कुसुम खोलाकाे चेपाङ बस्तीमा भएको घटनाबाहिर सार्वजनिक भएजस्तो नभएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समिति बैठकमा मन्त्री बस्नेतले चितवनको कुसुमखोला चेपाङ बस्तीमा आगो लगाइएको र सेनाद्वारा कुटपिट भइ मृत्यु भएको विषयमा समाचारमा आएजस्तो सबैकुरा सत्य नभएको बताउनुभएको हो ।

उहाँले कुसुमखोला आसपास क्षेत्रका दुई सय एक घरमध्ये एक सय ९३ घरलाई अर्को ठाउँमा स्थानान्तरण गरिएको र तिनै स्थानान्तरण भएका व्यक्तिले त्यस ठाउँमा खेतीकिसानी गर्ने र मकै हेर्न बनाइएका मचानहरु मात्रै जलाइएको बताउनुभयो ।

तर नेकपाकै सांसद देव गुरुङले कुसुमखोला घटना मानव अधिकारका विरुद्धमा भएको बताउनुभएको छ । यस्तै नेपाली कांग्रेसका सांसद बालकृष्ण खाँडले घटनालाई राज्यबाट नागरिकमाथि प्रहार भएको घटनाको रुपमा लिनुपर्ने बताउनुभयो ।

बैठकमा सांसदहरुले निकुञ्ज संरक्षण गर्ने नाममा मानिसमाथि नै आक्रमण गर्ने प्रवृत्ति रोक्नु पर्नेमा जोड दिएका थिए । 

अन्तिम अपडेट: फागुन १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया