भारतीय प्रधानमन्त्री मोदी दुई दिने भ्रमणका लागि अमेरिकामा
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले चितवनको कुसुम खोला घटनाको छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको आइतबारको बैठकले नेपाल सरकारकाे वन तथा वातावरण मन्त्रालयलाई चितवनको कुसुम खोलामा हात्ती लिएर जनताको घर भत्काउन र आगलागी कार्यमा प्रत्यक्ष संलग्न व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको हो ।
बैठकपछि समितिका निर्णय सुनाउँदै सभापति कृष्णभक्त पोखरेलले घटनाको छानबिन गरी संलग्न व्यक्तिलाई कानुनी कारबाही गर्न र कारबाही भएको व्यहोरा समितिलाई जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिनुभयो । यस्तै २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको सम्बन्धमा पनि सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न र मृतकको परिवारलाई उचित क्षतिपूर्तिको प्रबन्ध गर्नसमेत समितिले वन तथा वातावरण मन्त्रालयमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
वन तथा वातावरण मन्त्रालयको सहसचिवको नेतृत्वमा छानबिन समितिको गठन भएको भन्ने जानकारी आएकोले त्याे समितिको प्रतिवेदन सात दिनभित्र समितिमा बुझाउनसमेत मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले त्याे प्रतिवेदनपछि आवश्यकताअनुसार समितिभित्रै कार्यदल गठन गरी छानबिन गर्ने निर्णयसमेत गरेको छ ।
समितिले साउन ३ गते भएको त्याे घटना मानवता विरोधी अपराध भएको ठहर गरेको छ । हात्ती लगाएर घर भत्काउने एवं आगजनी गर्ने कार्य गैरसंंवैधानिक एवं गैरकानुनी भएको ठहर गरेको छ । समितिले संविधानले प्रदान गरेको सम्मानपूर्वक बाँच्न पाउने हक र बासस्थानको हक विपरीत गइ जनतालाई विपद्को समयमा वैकल्पिक व्यवस्था विना घरबारविहीन नबनाउन मन्त्रालयलाई निर्देशन दिएको छ ।
खासगरी चितवन राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा यो समस्या रहेको भन्दै समितिले मानिसहरुलाई घरबार विहीन नबनाउन निर्देशन दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।