संविधान र जनाधिकार रक्षा गर्न लागिरहन्छौँ : अध्यक्ष प्रचण्ड
फागुन १, २०८१ बिहिबार
मोरङ - मोरङको विराटनगर महानगरपालिकाले अत्यावश्यक सेवाबाहेक अरु सेवा बन्द गरेको छ ।
कोभिड-१९ को सङ्क्रमण समुदायमा फैलिन सक्ने सम्भावनालाई न्यूनीकरण गर्न भन्दै महानगरपालिकाले अरु सेवा स्थगित गर्ने निर्णय गरेको हो ।
नगर तथा वडा कार्यालयले प्रदान गर्ने अत्यावश्यक सेवाहरू दमकल, एम्बुलेन्स, स्वास्थ्य, सरसफाइ, राजश्व व्यवस्थापन, सामाजिक सुरक्षा तथा अत्यावश्यक सिफारिस बाहेक अन्य सबै सेवा स्थगित गर्ने निर्णय गरेको महानगरपालिका प्रमुख भीम पराजुलीले बताउनुभयो ।
साथै भारतीय सीमावर्ती क्षेत्रबाट हुने आवतजावतमा कडाइ, सिटी रिक्सामा सामाजिक दूरी कायम गर्ने तथा चोक, बजारमा भीडभाड गरेर लाग्ने पसल व्यवसाय सकेसम्म सञ्चालन नगर्न भनिएको छ ।
पीसीआर परीक्षणको दायरा बढाउन पहल गर्ने, क्वरेण्टीन स्थल थप गर्नेे, आइसोलेशनलाई थप व्यवस्थित बनाउन प्रदेश सरकारलाई आग्रह गर्ने, सभासमारोह गर्न नदिने लगायतको निर्णय भएको पनि महानगर प्रमुख पराजुलीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।