साउनको दोस्रो सोमबार पनि दर्शनार्थीका लागि खुलेन पशुपति

 साउन १२, २०७७ सोमबार ७:२२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - साउनको दोस्रो सोमबार आज पनि पशुपतिनाथको मूल मन्दिर भक्तजनका लागि खुलेको छैन । 

कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन गएको चैत ११ गतेदेखि लकडाउन भएपछि मन्दिर, शैक्षिक संस्थालगायत धेरै भीड हुने क्षेत्र अहिलेसम्म खुलेका छैनन् । 

लकडाउन हटेपछि अरु क्षेत्र खुला भए पनि मन्दिर, शैक्षिक संस्थालगायत नखोल्ने सरकारको नीतिअनुसार पशुपतिनाथ मन्दिर भक्तजनका लागि नखोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले जानकारी दिनुभयो । साउनको पहिलो सोमबार ५ गते पनि भक्तजनले पशुपति क्षेत्र बाहिर विभिन्न शिवालयमा पूजा आराधना गरेका थिए ।

यसैबीच साउन महिनाको सोमबार देवघाटमा लाग्ने बोलबम मेला यसपाली लागेको छैन । भिडभाड हुँदा कोरोनाको सङ्क्रमण बढ्नसक्ने भएकाले साउन महिनाभरि मेला स्थगित गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । देवघाट चितवन, तनहुँ र नवलपरासी जिल्लाको सिमानामा पर्छ ।

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया