महाबौद्धका एक व्यापारीलाई कोरोना सङ्क्रमण, सतर्कता अपनाउन आग्रह

 साउन १२, २०७७ सोमबार १५:८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – काठमाण्डाै महानगरपालिका २७ काे महाबौद्ध क्षेत्रका एक कपडा व्यवसायी र उनको परिवारका सबै सदस्यलाई कोरोनाकाे सङ्क्रमण देखिएपछि वडा कार्यालयले सार्वजनिक सूचना निकालेको छ । उनीसहित परिवारका पाँच जनामा सङ्क्रमण पुष्टि भएकाे हाे । 

वडा कार्यालयले गणेश मन्दिरदेखि महाबौद्ध स्तुपासम्मका व्यवसायीहरुको पीसीआर रिपोर्ट नआएसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।  

केही समयअघि यी व्यवसायीका छोरी र नातिनी भारतबाट फर्किएकाले उनीहरुबाटै कोरोना सरेको हुन सक्ने आशङ्का गरिएको छ । उनले  लकडाउनका बेला महाबौद्धमा रहेको कपडा पसल बन्द गरे पनि लकडाउन हटेपछि भने खोल्ने गरेको टेकु अस्पतालका प्रवक्ता डाक्टर अनुप बाँस्तोलाले जानकारी दिनुभयो ।

यस विषयमा स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकेको पनि अस्पतालले जनाएको छ । लकडाउन हटेपछि देशका मुख्य–मुख्य बजार तथा पसल खुलेका छन् भने सार्वजनिक गाडी पनि चल्न थालेका छन् ।

सामान्य स्वास्थ्य सावधानी अपनाउन नसक्दा जोखिम बढ्ने भन्दै सरकारले स्वास्थ्य सुरक्षामा ध्यान दिन आग्रह गर्दै आएको छ । काम नपरि सकेसम्म घरबाहिर ननिस्कन र निस्कनै परे मास्क लगाउन र स्यानिटाइजरको प्रयोग गर्न डाक्टरको सुझाव छ ।  

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया