नेप्से साढे २ अङ्कले घट्याे, एक अर्ब ८१ करोडकाे काराेबार

 साउन १२, २०७७ सोमबार १७:४३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – धिताेपत्र बजारमा शेयर काराेबार मापक नेप्से साेमबार २ दशमलव ६२ अङ्कले घटेको छ । आइतबार २२ दशमलव ४ अङ्कले बढेको परिसूचक साेमबार भने साढे २ अङ्कभन्दा धेरैले घटेर १४ सय ६२ दशमलव ४८ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

साेमबार कारोबार रकम पनि घटेको छ । आइतबार एक अर्ब ९४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा साेमबार एक अर्ब ८१ करोड रुपैयाँ बराबरका ४२ लाख ५७ हजार कित्ता शेयर किनबेच भएका छन् ।

साेमबार विकास बैंक, उत्पादनमूलक, अन्य र माइक्रोफाइनान्स समूहको उपसूचक बढेको छ भने बैंकिङ, होटल, जलविद्युत्, जीवन बीमा, निर्जीवन बीमालगायत समूहको उपसूचक घटेका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै १७ करोड ४४ लाख १९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

साेमाबार जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत कमाएका छन् भने कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका सेयर लगानीकर्ताले झण्डै १० प्रतिशत गुमाएका छन् । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया