काठमाण्डाै उपत्यकामा कोरानाको जोखिम बढ्यो, पीसीआर परीक्षणका लागि मुख्य ३ नाकामा नमुना सङ्कलन

 साउन १३, २०७७ मंगलबार १७:१५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेपछि सरकारले काठमाण्डौ प्रवेश गर्ने मुख्य तीन वटा नाकामा कोरोना परीक्षण सुरु गरेको छ ।

त्यसका लागि अहिले नमुना सङ्कलनको काम भइरहेको छ । काठमाण्डौ प्रवेश गर्ने मुख्य नाका नागढुङ्गा, साँगा र फर्पिङ नाकामा नमुना सङ्कलन भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिउँसो ४ बजेसम्ममा यी नाकाबाट चार हजार आठ सय १३ वटा नमुना सङ्कलन गरेको जानकारी दिनुभयो । उहाँका अनुसार नागढुङ्गामा दुई हजार नाै सय १४ जनाको नमुना सङ्कलन गरिएकाे छ ।

यस्तै फर्पिङ नाकाबाट नाै सय ५५ र साँगा नाकाबाट नाै सय ४४ वटा नमुना सङ्कलन गरिएको छ । सङ्लन गरिएकाे नमुनाकाे परीक्षणपछि आवश्यक सुरक्षा सतर्कता अपनाउने सरकारको तयारी छ ।

मङ्गलबार काठमाण्डौ उपत्यकाका ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया