विश्व रेडियो दिवसको अवसरमा रेडियो परासीद्वारा ट्राफिक सचेतना
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – नेपालमा लकडाउन हटेपछि कोरोना भाइस सङ्क्रमणको जोखिम झनै बढेको छ । सामान्य स्वास्थ्य सुरक्षाको मापदण्ड धेरैले पालना नगर्दा भविष्यमा सङ्कट बढ्न सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले ध्यान दिन आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले हरेक कार्यालयलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न/गराउन आग्रह गर्नु भएको छ । अनिवार्य रुपमा सबै कर्मचारीको शरीरको तापक्रम नाप्न, अनिवार्य नाक मुख छोप्ने गरी मास्क लगाउन, बैठक वा तालिममा १५ जनाभन्दा धेरैलाई सहभागी नगराउन र हरेक व्यक्तिको दुरी कम्तीमा दुई मिटरको राख्न उहाँको सुझाव छ ।
यस्तै कार्यालयमा झ्याल ढोकाको चुकुल र रेलिङमा धेरैको हातले छोइने हुँदा बेला बेलामा निर्मलीकरण गर्न र कार्यालयभित्र बस्दा पनि अनिवार्य नाक मुख छोप्न गरी मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह छ ।
साथै सेवाग्राहीसँग सम्बन्धित कार्यालयले सेवाग्राहीले मास्क लगाएकाे/नलगाएको ख्याल गर्न, दुरी कायम गर्न पनि स्वास्थ्य मन्त्रालयको अनुरोध छ । मन्त्रालयले आफू र आफ्नो कर्मचारीको स्वास्थ्यमा ध्यान दिन सबै कार्यालयलाई आग्रह पनि गरेको छ ।
मन्त्रालयले स्वास्थ्य सुरक्षाको मापदण्ड त्यस्तो गाह्राे नभएकाले कोरोनालाई रोक्न सबैले आनीबानीमा सुधार गर्न सुझाव दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।