भारतीय प्रधानमन्त्री मोदी दुई दिने भ्रमणका लागि अमेरिकामा
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ – नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकलाई सेक्युरिटी अडिट गराउन निर्देशन दिएको छ ।
एक सूचनामार्फत दूर सञ्चार प्रणालीमा हुन सक्ने सम्भावित साइबर जोखिम न्यूनीकरण गरेर सेवालाई भरपर्दो र सुरक्षित बनाउन नियमित सेक्युरिटी अडिट गराउन र यसको प्रतिवेदन प्राधिकरणमा पेस गर्न प्राधिकरणले निर्देशन दिएको छ ।
‘हिजोआज साइबर अपराध बढिरहेको छ, साइबर गतिविधिमार्फत मानव अधिकारको पनि हनन भइरहेको छ, प्रयोगकर्ताका डाटा पूर्ण सुरक्षित नहुन पनि सक्छन्, त्यसैले सुरक्षाका उपाय अपनाउन र त्यसको अडिट गरेर रिपोर्ट बुझाउन भनेका हौँ’, दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनकुमार अर्यालले भन्नुभयो ।
पहिले दूरसञ्चार प्राधिकरणले यसरी निर्देशन नदिएको र सेवा प्रदायकले पनि सेक्युरिटी अडिट गरेका छैनन् तर अब भने सेक्युरिटी अडिटलाई बाध्यकारी बनाइएको अर्यालले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।